पेट्रोलियम पदार्थमा बढेको मूल्य आजदेखि लागू हुने

५ बर्ष अगाडि

काठमाडौं– पेट्रोलियम पदार्थको मूल्या फेरि बढेको छ। नेपा आयल निगमले आजदेखि लागू हुनेगरि पेट्रोलियम पदार्थको मुल्य  बढाएको हो । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार निगमले नयाँ मूल्य निर्धारण गरेको हो । 

निगमकाअनुसार पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन (आन्तरिक) को मूल्य लिटरमा दुई रुपैयाँले बढेको छ। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२३ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ पुगेको छ। त्यस्तै आन्तरिक उडानतर्फको हवाइ इन्धनको मूल्य ७८  रुपैयाँ कायम गरिएको निगमले जनाएको छ। खाना पकाउने ग्याँस र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य भने यथावत छ ।

भारतीय आयल निगमले पठाएको मूल्य अनुसार १५ दिनमा १ अर्ब १० करोड घाटा हुने अवस्था आएपछि मूल्य वृद्धि गरिएको निगमको दाबी छ । अझै पनि १५ दिनमा ७१ करोड रुपैयाँ घाटा रहेको निमगका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् । 

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य निरन्तर रुपले बढेकाले भारतीय आयल कर्पोरेशनले पनि मुल्य बढाएर नयाँ मुल्य सुची पठाएको निगमले जनाएको छ।  

५ बर्ष अगाडि

प्रतिक्रिया