उधारो मै खटिए सुरक्षाकर्मी

७ बर्ष अगाडि

 काठमाडौं–एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका विशिष्ठ पाहुना काठमाडौं आउनेक्रम बढेसँगै उपत्यकामा ठूलो संख्यामा सुरक्षा निकाय परिचालन गरिएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 

सम्मेलन र विशिष्ठ पाहुनाको सुरक्षाका लागि सुरक्षा निकायले तोकेरै बजेट माग गरेपनि सरकारको आवश्वासन र उधारोका भरमा सुरक्षाकर्मी खटेका छन् । गत भदौ दोस्रो साता काठमाडौंमा सम्पन्न बिमस्टेकको चौथो शिखर सम्मेलनको सुरक्षा प्रयोजनार्थ खटिएका सुरक्षाकर्मीलाई अझै बजेट उपलब्ध नगराएको सरकारले अहिले फेरी उधारोमा सुरक्षाकर्मी खटाएको हो ।

७ बर्ष अगाडि

प्रतिक्रिया