औषधि व्यवसायीमाथि गोली प्रहार

५ बर्ष अगाडि

काठमाडौं - अज्ञात समूहको गोली प्रहारबाट एक जना औषधि व्यवसायी घाइते भएका छन् ।

सिरहाको मिर्चैयामा रहेको सिद्धी मेडीकल हलका संचालक राम सागर साफी माथि शनिबार राति पौने ८ बजे गोली प्रहार भएको हो ।

इलाका प्रहरी कार्यालय मिर्चैया भन्दा करिब २/३ मिटर पूर्वमा रहेको पसल अगाडी गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

हात र खुट्टामा गोली लागेर घाइते भएका साफीको मिर्चैया स्थित मंगलम अस्पतालमा उपचार भइरहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया