एनसेल लाभकर विवादको सुनुवाइ स्थगित

७ बर्ष अगाडि

काठमाडौँ– दूरसञ्चार सेवा प्रदायक एनसेलको खरिदविक्री प्रकरणको लाभकर विवादसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ स्थगित भएको छ । 

गत असोज १८ गतेबाट मुद्दाको अन्तिम सुनुवाइ सुरु गरी हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशहरू शारदाप्रसाद घिमिरे, विश्वम्भरप्रसाद श्रेष्ठ, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको इजलासमा मुद्दा हेर्दाहेर्दैमा छ । 
बिहीबार सुनुवाइका लागि साप्ताहिक पेसी सूची प्रकाशित भए पनि दैनिक पेसी सूची प्रकाशन अघि नै मुद्दा स्थगित गरिएको हो । लाभकर र लाभांश विवाद समेत जोडिएका चार रिट निवेदन सर्वोच्चमा विचाराधीन छन् । पाँच जना न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलासले मुद्दाको अन्तिम सुनुवाइ गरिरहेको छ । 
सर्वोच्चमा रिनोल्ड्स होल्डिङस लिमिटेड, एनसेल प्रा।लि, पूर्व सचिव द्वारिकानाथ ढुङ्गेल र अधिवक्ता भवेश गौतम समेतका चार निवेदन विचाराधीन छन् । 

ाजको गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया