नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इङ्गल्याण्डमा हुने भाइटालिटी टी–२० ब्लास्ट प्रतियोगिता खेल गुमाएका छन् । भिसा आउन ढिलाइ भएपछि सन्दीपले उक्त प्रतियोगिता गुमाउने भएका हुन् ।
९ जुनदेखि शुरु हुँने प्रतियोगीताको सम्झौता अनुसार सन्दीप २६ देखि २७ मेसम्म इङ्गल्याण्ड पुग्नु पर्ने थियो । त्यसका लागि क्वारेन्टिनको समय ५–६ दिन लाग्ने भएकाले अब सहभागीता जनाउन नसक्ने भएका हुन् ।
सन्दीप वोर्सेस्टरशायर र्यापिड्समा अनुबन्धित भएका थिए । भाइटालिटी ब्लास्ट खेल्न नपाए पनि सन्दीपले यसपछि जुलाई २२ देखि सुरु हुने द हन्ड्रेड क्रिकेटका लागि भने इङ्गल्याण्ड जानेछन् ।
प्रतिक्रिया