१७ सदस्यीय मन्त्रिपरिषद्‌मा एउटै प्रदेशबाट ११ जना मन्त्री, महिला २  जना

४ बर्ष अगाडि

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा झण्डै दुई तिहाइ मन्त्री एउटै प्रदेशका राखेका छन् । 

१७ सदस्यीय मन्त्रिपरिषद्‌मा ११ जना मन्त्री प्रदेश २ का छन् । त्यस्तै, प्रधानमन्त्री ओलीको प्रदेश९१ बाट तीन जना मन्त्री भएका छन् । त्यसपछि बागमतीबाट दुई र लुम्बिनीबाट एक जनालाई मन्त्री बनाएका छन् । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट कसैलाई पनि मन्त्री बनाएका छैनन् । 

प्रदेश-१ बाट प्रधानमन्त्री ओलीसँगै पाँचथर फिदिम९१ का बसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायातमन्त्री र सुनसरी रामधुनी-६ की रेणुका गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेकी छिन् । प्रदेश-२ बाट दुई जना उपप्रधानमन्त्री बनेका छन् । सर्लाही चन्द्रनगरका राजेन्द्र महतो शहरी विकास र जनकपुरका रघुवीर महासेठ परराष्ट्रमन्त्री बनेका छन् । 

त्यस्तै, सिरहा गोलबजार-७ का लीलानाथ श्रेष्ठ कानून, न्याय तथा संसदीय मामिलामन्त्री, धनुषा औरही-१ का शरतसिंह भण्डारी ऊर्जा, रौतहट मत्सरीका अनिल झा खानेपानी तथा सरसफाइ, पर्सा वीरगञ्ज९५ का विमल श्रीवास्तव श्रम तथा रोजगार, धनुषा शहीद-८ का उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र पर्सा वीरगञ्जका लक्ष्मणलाल कर्ण भूमि व्यवस्थामन्त्री बनेका छन् । 

यसैगरी, सर्लाही कौडेनी-३ की चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, बारा परवानीपुर-१ का एकवाल मियाँ युवा तथा खेलकुद मन्त्री र सप्तरी डाक्नेश्वर-५ का चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री बनेका छन् ।  

बागमती प्रदेशबाट सिन्धुपाल्चोक मेलम्ची११ का शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसङ्ख्या र काठमाडौंका कृष्णगोपाल श्रेष्ठ शिक्षामन्त्री बनेका छन्। लुम्बिनीबाट रुपन्देही बुटबल-८ का विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री सहित अर्थमन्त्री बनेका छन् । 

कूल १७ जना मन्त्रीमध्ये दुई जना मन्त्री मात्रै महिला छन् । जसपाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा चन्दा चौधरीलाई मन्त्री र रेणुका गुरुङलाई राज्यमन्त्रीका रुपमा पठाएको भए पनि नेकपा (एमाले)ले भने पुरुषलाई मात्र मन्त्री बनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया