'बहुल राज्य' अभिव्यक्तिको विरोध गर्दै राजेन्द्र महतोको पुतला दहन

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमाले माधव नेपाल समूहको अनेरास्ववियूले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री राजेन्द्र महतोको पुतला जलाएका छन् ।

महतको अभिव्यक्तिको विरोधमा माधव नेपाल निकट विद्यार्थी समूह सडकमा ओर्लिएको हो । शुक्रवार उपप्रधानमन्त्री पदमा नियुक्त भएपछि महतोले नेपाल एकल राज्य हुन नसक्ने विवादित अभिव्यक्ति दिएका थिए । 

पदभार ग्रहण गर्दै महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्तिको आन्दोलनको तयारी गरिरहेको समेत बताएका थिए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया