काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने तयारी गरेका छन् ।
शनिबार बसेको कार्यव्यवस्था परामर्श समितीको बैठकमा सत्तापक्षले जेठ २७ गते विश्वासको मत लिने योजना सुनाएको हो । सत्तारूढ दलको उक्त निर्णयमा विपक्षी दलका नेता भने सहमत छैन ।
विश्वासको मत लिनु पुर्व सरकारको तर्फबाट दुई दिन अगाडी संसदमा जानकारी गराउनु पर्छ । बैठकमा उपस्थित विपक्षी सांसदका अनुसार सत्तापक्षले २५ गते संसदमा जानकारी गराएर २७ गते विश्वासको मत लिने बताएको छ ।
त्यस्तै प्रदेशसभामा छलफलका लागि कुनै कार्यसूची नभएकाले आइतबारको बैठक स्थगित हुने भएको छ ।
प्रतिक्रिया