काठमाडौं - जनकपुरधामको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनका लागि एक समितिको गठन भएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले पदभार ग्रहण गरेपछि पहिलो कार्यको रुपमा समितिको गठन गरिएको हो ।
मन्त्री अरगरियाले शुक्रवार राति नै मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै आर्थिक वर्ष २०७८/७९ मा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने विषयमा अध्ययन गर्न पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको संयोजकत्वमा पाँच सदस्यीय समितिको गठन गरिएको बताइएको छ ।
विश्वका हिन्दुहरूको आस्थाका केन्द्रको रुपमा रहेको जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका विगतदेखि नै विभिन्न प्रकारको प्रयास हुँदै आए पनि हालसम्म सफल हुन सकेको छैन ।
प्रतिक्रिया