स्याङ्जा– भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले आवास नभएकालाई सरकारले एक पटकका लागि जग्गा उपलब्ध गराउने बताएकी छिन् ।
गल्याङ नगरपालिका–३ स्थित बल्पुकस्थित गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रको तेस्रो साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै उनले घरबास नभएका जनतालाई कार्यविधि बनाएर एक पटकका लागि जग्गा उपलब्ध गराउने योजनाका साथ अगाडि बढेको जानकारी दिइन् ।
प्रतिक्रिया