सवा तीन करोड बढी राजश्व संकलन

५ बर्ष अगाडि

काठमाडौं - जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवा तीन करोड बढी राजश्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक बर्षको बैशाख मसान्त सम्ममा सो रकम संकलन गरेको हो । 

ट्राफिक कार्यालयले यस आर्थिक बर्षको १० महिनाको अवधिमा ३ करोड २८ लाख ४१ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने ४६ हजार ९ सय वटा सवारीसाधन कारबाहीबाट सो रकम संकलन गरेको सुचना अधिकारी शिवकुमार शर्माले बताए ।  

कार्यालयले चैत्र महिनामा सबैभन्दा धेरै ४८ लाख ९६ हजार ५ सय रुपैयाँ र साउन महिनामा सबै भन्दा कम २२ लाख ७७ हजार रुपैयाँ  संकलन गरेको जनाएको छ । 

अन्य सवारीको तुलनामा सबैभन्दा धेरै १८ हजार ८ सय ३३ वटा मोटरसाइकल कारबाहीमा परेका छन भने सोबाट संकलन भएको १ करोड ३४ लाख ८४ हजार ५ सय रुपैयाँ राजश्व सबै भन्दा बढी हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया