अमेरिकामा पारिवारिक ग्रीनकार्डको देशीय कोटा दोब्बर बनाउने बिल संसदमा पेश

५ बर्ष अगाडि

एजेन्सी  – अमेरिकामा पारिवारिक ग्रीनकार्डको देशीय कोटा दोब्बर बनाउने बिल संसदमा पेश भएको छ । अहिले रहेको ७ प्रतिशतबाट बढाएर १५ प्रतिशतसम्म बनाउने बिल संसदमा पेश गरिएको हो ।

इगल एक्ट २०२१ नामको उक्त बिल प्रतिनिधिसभामा डेमोक्रेटिक सदस्य जो लोफग्रेन र रिपब्लिकन सदस्य जोन कुर्तिसले ल्याएका हुन् । त्यो बिलमा पारिवारिक ग्रीनकार्डको देशिय कोटा बढाउने प्रस्ताव रहेपनि रोजगारमा आधारित ग्रीनकार्डको देशीय कोटा भने हटाउने प्रस्ताव गरिएको छ ।

यो बिल पारित भएमा कामदार भिसा एचवान बीका लागि समेत नयाँ प्रावधानहरुको व्यवस्था गर्नेछ । आई १४० आवेदन स्वीकृत भइसकेको २ बर्ष भइसकेका रोजगारमा आधारित ग्रीनकार्डका आवेदकलाई भिसा उपलब्ध हुनु अगाडि पनि ग्रीनकार्डका लागि आवेदनदिनसक्ने व्यवस्था समेत बिलमा छ ।

द इकोनोमिक टाइम्समा उल्लेख भए अनुसार ईबी टु र ईबी थ्री श्रेणीको ग्रीनकार्डका लागि ९ बर्षको संक्रमण अवधि प्रदान गर्ने तथा संक्रमण अवधिका लागि ५.७५ प्रतिशत भिसा कन्सुलर प्रकृयाका लागि रिजर्भ राख्ने बिलमा समावेश गरिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया