काठमाडौंको काँडाघारीमा निस्कियो प्रज्वलनशील ग्यास

५ बर्ष अगाडि

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित काँडाघारीमा पानी निकाल्न बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्किएको छ । 

काँडाघारीस्थित खहरेमा स्थानीय रमेश तिवारीको जग्गामा बन्दै गरेको टहरोसँगै बोरिङ गर्दा सो ग्यास निस्किएको स्थानीयले बताएका छन् । 

ग्यासको गन्ध आएपछि लाइटरले सल्काउँदा आगो बलेपछि ग्यास निस्किएको ठाउँमा बोरिङ कार्य रोकिएको छ । सो ग्यासको वैज्ञानिक परीक्षण हुन बाँकी छ ।

स्थानीयले महानगरीय प्रहरी प्रभाग काँडाघारीलाई खबर गरेका छन् । वैज्ञानिक जाँचका लागि प्रहरीले खानी तथा भूगर्भ विभागसँग समन्वय गरिरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया