ताप्लेजुङ - ताप्लेजुङको मिक्वाखोला–२ खोक्लिङमा काजक्रिया गराउन गएका पुरोहितको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङ्देवाका हरीप्रसाद घिमिरेको शनिबार विहान मृत्यु भएको हो ।
काजक्रिया भईरहेकै भान्सा घरमा बिहान उठेर आगो तापेर बसेको र केहिबेर पछि त्यहि ठाउँमा मृत अवस्थामा देखिएको स्थानीयलाई उदृत गर्दै सञ्चारकर्मी प्रिशा बस्नेतले जानकारी दिएकि छन् ।
११ दिन अघि निधन भएका खोक्लिङका बिद्यास्वरा कार्कीको काजक्रिया गराउन गएका घिमिरे ओहोरदोहोर गर्न नसक्ने भएकाले उतै बस्दै आएका थिए ।
घिमिरेमा केहि दिन अघिदेखि सामान्य खोकि लाग्ने, ज्वरो आउने जस्ता समस्या समेत देखिएका थिए । घटनास्थलमा अनुसन्धानका लागि प्रहरीको टोली गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रतिक्रिया