नेपाली सेनाको अगुवाइमा सगरमाथासहित ६ वटा हिमालबाट २७.६७ टन फोहर सङ्कलन गरिएको छ।
झन्डै एक महिना अघि थालिएको हिमाल सफाइ गर्ने अभियानमा नेपाली सेना सहित ११२ जना सक्रिय रहेका थिए।
झन्डै ३५ टन फोहोर सङ्कलन गर्ने लक्ष्य लिएको भए पनि चक्रवातको प्रभाव र कोरोनाभाइरस महामारीका कारण अभियानमा चुनौती थपिएको नेपाली सेनाका सहायक रथी तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक हिमांशु खड्काले बताए।
सङ्कलित प्लास्टिकजन्य फोहरलाई पुनः प्रयोग गरिने र धातुजन्य फोहोरबाट उपहारका सामग्री बनाउने योजना रहेको बताइएको छ।
प्रतिक्रिया