राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मन्त्रिपरिषद् हेरफेर गरेकी छिन्। पुनर्गठित मन्त्रिपरिषद्का मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग, बाणिज्य तथा आपूर्ति,कृषि तथा पशुपन्छी विकास गृह,रक्षा वन तथा वातावरण , सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयहरू आफैसँग राखेका छन्।
आठ मन्त्रालय सहित जनता समाजवादी पार्टी (जसपा) नेपालको एक समूह सरकारमा सहभागी भएको छ।नेकपा एमाले र जसपा, नेपाल सहभागी सरकारमा तीन जना उपप्रधानमन्त्री नियुक्त भएका छन्।
एमाले नेता विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री, रघुबीर महासेठ उपप्रधान तथा परराष्ट्रमन्त्री र जसपाका नेता राजेन्द्र महतो उपप्रधान तथा शहरी विकासमन्त्री नियुक्त भएका छन्।
यसअघिको सरकारमा एमाले महासचिव ईश्वर पोखरेल एक जना मात्रै उपप्रधानमन्त्री थिए।
अर्थमन्त्री पौडेलका साथै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङलाई दोहोरिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्व एमाले नेता शेरबहादुर तामाङले पाएका छन्।
प्रतिक्रिया