उपत्यकामा १३ सय ८४ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या कति ?

५ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १३ सय ८४ जना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौँमा ८९७, भक्तपुरमा १८८ र ललितपुरमा २९९ जना थपिएका हुन् ।

देशभर थप ६ हजार ६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ । सक्रिय संक्रमितमध्ये ९० हजार ८९२ जना होम आइसोलेसनमा, ६ हजार ८०९ जना संस्थागत आइसोलेसनमा। १ हजार ४२२ जना आईसीयू तथा ४०४ जना भेन्टिलेटरमा रहेका छन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया