काठमाडौं, पछिल्लो २४ घण्टामा थप ८ हजार ६६३ जना निको भएका छन् । हालसम्म नेपालमा ४ लाख ७६ हजार १३० जना निको भएका छन् । नेपालमा निको हुने दर ८१.९ प्रतिशत रहेको छ ।
यस्तै, सोही अवधीसम्म थप ६ हजार ६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ । सक्रिय संक्रमितमध्ये ९० हजार ८९२ जना होम आइसोलेसनमा, ६ हजार ८०९ जना संस्थागत आइसोलेसनमा। १ हजार ४२२ जना आईसीयू तथा ४०४ जना भेन्टिलेटरमा रहेका छन् ।
प्रतिक्रिया