काठमाडौं, देशभर कोरोना बाट हालसम्म १९ पत्रकार ज्यान गुमाएका छन ।
प्रेस काउन्सिलका अनुसार अहिलेसम्म देशभर नौ सय जना पत्रकार संक्रमित भएका छन्।
संक्रमितमध्ये ३० जना अस्पतालमा उपचाररत रहेका छन्। उनीहरूमध्ये पाँच जनालाई आईसीयू र भेन्टिलेटरमा राखिएको छ। अहिले पनि दुई सय पत्रकार सक्रिय संक्रमित रहेका छन्।
यस्तो अवस्थामा पनि कतिपय सञ्चारमाध्यमका सञ्चालक तथा लगानीकर्ताले श्रमजीवि पत्रकार ऐनअनुसार पारिश्रमिक नदिएको, कामबाट बञ्चित गराउने गरेको र सेवाबाट हटाउने गरेको पाइएको काउन्सिलले जनाएको छ। यस विषयमा काउन्सिलमा उजुरी आएको र गम्भीर छलफल भएको जनाएका छ।
प्रतिक्रिया