एसिया कप फुटबलको छनोटमा सोमबार जोर्डनसँग भिडदैै नेपाल

४ बर्ष अगाडि

काठमाडौं,  विश्वकप र एसिया कप फुटबलको छनोटमा सोमबार नेपाल जोर्डनसँग भिडदैँ छ  ।

पहिलो खेलमा नेपाल जोर्डनसँग उसकै भूमिमा ३र० ले पराजित भएको नेपाल  दोस्रो चरणको खेलमा जेठ २४ गते सोमबार खेल्दैछ ।

नेपालले समूहको अन्तिम खेलमा २८ गते शुक्रबार अष्ट्रेलियासँग खेल्नेछ । पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग ५÷० ले पराजित भएको थियो । यसअघि गएराति भएको खेलमा नेपालले चाइनिज ताइपेइलाई २÷० ले पराजित गर्‍यो ।

जितसँगै छनोटको समूह ’बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंकसहित तालिकाको चौंथो स्थानमा छ ।

तालिकामा अष्ट्रेलिया ५ खेलबाट शत्प्रतिशत जितसहित १५ अंक जोडेको अष्ट्रेलिया शीर्ष स्थानमा छ । ६ खेलबाट १० अंकको कुवेत दोस्रो तथा ५ खेलबाट १० अंकको जोर्डन तेस्रो स्थानमा छ ।

नेपालले एसिया कप छनोटको तेस्रो चरणमा पुग्ने आशा जिवितै राखे पनि बाँकी दुवै खेल जित्नुपर्ने कठिन चुनौती छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया