एमाले एकताको पहल आत्मसमर्पण होइन : योगेश भट्टराई

४ बर्ष अगाडि

काठमाडौं - नेकपा (एमाले)का नेता योगेश भट्टराईले आफूहरुले एमालेलाई एकतावद्ध राख्न पहल गरिरहेको बताएका छन् । साथे उक्त  एकताको पहल आत्मसमर्पण भने नभएको बताएका छन् । 

शुक्रबार माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा बोल्दै योगेशले अहिले पनि संघर्ष नै प्रधान रहेको बताएका हुन् । ‘अहिले पनि संघर्ष नै प्रधान हो, हामीले तलसम्म संगठन निर्माण गर्दै जाने हो र यो विषयलाई अझै तल्लो तहमा लैजाने हो ।’ 

भट्टराईको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘केपी ओलीसँगको एकता प्रयास व्यक्तिगत होइन, संघर्ष हो । केपी ओलीसँग हाम्रो लडाई संघर्ष, रुपान्तरण र एकता नै हो ।’

एकता भनेको आत्मसमर्पण नभई रुपान्तरका लागि मात्र भएको उल्लेख गर्दै भने, ‘हामीले एकताको प्रक्रियाबाट गएर पार्टी कब्जा गर्ने हो ।’ 

भट्टराईलगायत एमालेका चार जना नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग वार्तामा छन् ।

भट्टराईले पार्टीको एकताको लागि गरिएका इमान्दार प्रयत्नबारे गलत टिप्पणी भइरहेको समेत बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया