काठमाडौंमै ८ वर्षीय बालक अपहरणपछि हत्या

७ बर्ष अगाडि

काठमाडौं–काठमाडौको बालाजुबाट २ दिनअघि अपहरणमा परेका एक ८ बर्षिय बालक बिहीबार मृत फेला परेका छन् । 
८ बर्षिय छोरा प्रयास कुँवरको मंसिर ११ गते ६ बजे सोही गेष्टहाउसको गाडि चलाउने ड्राइभर स्याङजा भिरकोटका महेन्द्र कार्कीले अपहरणपछि हत्या गरेको अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । महाशाखा प्रमुख सिंहका अनुसार बालकको शव बिहीबार बालाजुकै मैपीस्थित मित्रनगरको एक कल्र्भटमा फालेको अवस्थामा भेटिएको हो । प्रहरीले बालक अपहरणमा संलग्न कार्कीलाई बिहीबारै पक्राउ गरी आवाश्यक कारावाही प्रकृया अघि बढाउको जनाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया