२५ एमबीपीएसको इन्टरनेट अब मासिक  २३३ रुपैयाँमै !

४ बर्ष अगाडि

काठमाडौं, स्याटेलाइट टेलिभिजन सेवा दिँदै आएको डिशहोमले २३३ रुपैयाँमै २५ एमबीपीएस गतिको इन्टरनेट सेवा दिन थालेको छ । कम्पनीले कम्बो प्याकेज अफरअन्तर्गत डिशहोमको लाइफ स्टाइल प्रिमियम प्याकेज लिने ग्राहकले निःशुल्क रुपमा १० एमबीपीएस र मासिक २३३ रुपैयाँमा २५ एमबीपीएस गतिको एफटीटीएच सेवा प्राप्त गर्न सक्नेछन् ।

जसअनुसार वार्षिक ७२०० रुपैयाँ (मासिक ५०० रुपैयाँ) मा डिशहोम लाइफ स्टाइल प्याकेजसँगै १० एमबीपीएस इन्टरनेट प्राप्त गर्न सकिन्छ । त्यस्तै वार्षिक १० हजार रुपैयाँमा ९मासिक ८३३ रुपैयाँ० डिशहोमको लाइफ स्टाइल प्याकेजसँगै २५ एमबीपीएस इन्टरनेट लिन सकिने छ ।

कम्पनीले आफ्नो प्रिमियम प्याकेजको मूल्यसमेत मासिक ७०० रुपैयाँबाट ६०० रुपैयाँमा झारेको छ । यी प्याकेजहरु भ्याटबाहेक रहेको कम्पनीले स्पष्ट पारेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया