काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले नागरिकता सम्बन्धी अध्यादेश विरूद्धका रिटको सुनुवाइका लागि बरिष्ठ न्यायाधीशहरू सम्मिलत संवैधानिक इजलासमा गठन गरेका छन् ।
संवैधानिक इजलासमा नागरिकता सम्बन्धी अध्यादेशविरूद्ध परेका रिटमाथि शुक्रबार नै सुनुवाइ हुँदैछ । शुक्रबार गठन भएको संवैधानिक इजलासमा राणासहित दीपककुमार कार्की, हरिकृष्ण कार्की, मिरा खड्का र ईश्वरप्रसाद खतिवडा छन् ।
वरिष्ठ पाँच मध्ये विश्वम्भaर श्रेष्ठ अहिले आइसोलेसनमा भएकाले सो भन्दा पछिकाा बरिष्ठ खतिवडालाई इजलासको सदस्य तोकेका हुन् ।
सर्वोच्च अदालत भित्रै न्यायाधीशहरू र सर्वोच्च बारले बरिष्ठताका आधारमा इजलास गठन गर्न सुझाएका थिए । उनीहरूको सुझाव अनुसार काम गर्न प्रधानन्यायाधीशले वचन दिएका थिए । त्यसैले आजको संवैधानिक इजलासलाई चासोका साथ हेरिएको छ ।
प्रतिक्रिया