सुकेटार विमानस्थललाई ५ करोड

४ बर्ष अगाडि

काठमाडौं - सुकेटार विमानस्थलको जग्गा अधिग्रहणको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ करोड रुपैयाँ विनियोजन गरेको छ। 

जग्गा अधिग्रहण गरी ४२ सिट क्षमतासम्मका जहाज अवतरण गर्न सक्ने बनाउने पर्यटन मन्त्रालयले जनाएको छ । उक्त विमानस्थलमा अहिले साना जहाज मात्रै अवतरण हुन्छ । हाल विमानस्थल लम्बाइ ७२० मिटर रहेकोे को छ । 

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा सुकेटर विमानस्थलको नाम परिवर्तन गरेर ‘रवीन्द्र अधिकारी विमानस्थल’ राख्ने उल्लेख गरिएको छ । 

सरकारको यो निर्णयमा स्थानीयबासी र सरोकारवालाले विरोध गरेका छन् । ताप्लेजुङबाट निर्वाचित एमाले सांसद् योगेश भट्टराईले समेत सरकारको निर्णयमा आपत्ति जनाएका छन् ।   
 

४ बर्ष अगाडि

प्रतिक्रिया