अर्घाखाँचीमा  जेठ ३१ गतेसम्म  निषेधाज्ञा थप

५ बर्ष अगाडि

काठमाडौं– अर्घाखाँचीमा चौथो पटक निषेधाज्ञा थप गर्दै जेठ ३१ गतेसम्म लागू गरिएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र अर्घाखाँचीकोे बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए ।

गत वैशाख २० गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा कोभिड–१९ संक्रमणको दर घट्दै गए पनि जोखिम कायमै रहेकोले निषेधाज्ञाको अवधि थप गरिएको प्रजिअ पौडेलले बताए ।
जिल्लामा बिहीवारसम्म २ हजार ९८ जनामा कोरोना संक्रमण देखिएकोमा १६ सय ७३ जना संक्रमणमुक्त भइसकेका छन्  ।

५ बर्ष अगाडि

प्रतिक्रिया