फिफा विश्वकप छनोट खेलमा अर्जेन्टिनाले चिलीसँग बराबरी खेलेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरी खेलेको हो ।
दक्षिण अमेरिकी छनोट अन्तरगत अर्जेन्टिनाले बराबरी खेल्दै अंक बाडेको हो । सान्टियागोमा भएको खेलमा अग्रता भने अर्जेटिनाले बनाएको थियो । खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
३६ औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै चिलीलाई हारबाट जोगाए । बराबरीसँगै अर्जेन्टिनाले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । अर्जेन्टिना ५ खेलबाट ११ अंक जोड्दै दोस्रो स्थानमा छ । चिली ५ अंक जोडेर छैटौं स्थानमा छ ।
उरुग्वे र पाराग्वेले गोलरहित बराबरी
यस्तै बिहाननै भएको खेलमा उरुग्वे र पाराग्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। उरुग्वेले ३ वटा गोलका मौका गुमाउदा बराबरीमा रोकिन बाध्य भयो। पाराग्वे ५ खेलबाट ७ अंकसहित तालिकाको चौथो स्थानमा छ भने उरुग्वे समाज अंक भए पनि गोल अन्तरका आधारमा छैटौं स्थानमा छ।
भारत कतारसँग भारत १–० गोल अन्तरले पराजित
यता फिफा विश्वकप तथा एशिया कप छनोटको खेलमा भारत पराजित भएको छ ।भारत कतारसँग भारत १–० गोल अन्तरले पराजित भएको हो । खेलको एक मात्र निर्णायक गोल ३३ औं मिनेटमा निस्किएको थियो । गोल अब्दुल अजीज हतेमलले गरेका थिए ।
समूह ईमा रहेको भारत ६ म्याच खेल्दा तीन अंक जोड्दै चौथो स्थानमा रहेको छ । भारतको विश्वकप छनोटबाट बाहिरिए पनि एशियाकप छनोटको अर्को चरणमा प्रवेश गर्ने सम्भावना भने अझैं बाँकी रहेको छ। यो समूहमा कतार अपराजित रहँदै १९ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने ओमान ओमान १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
बंगलादेश र अफगानिस्तानले एक एक गोलको बराबरी
यस्तै गएराति नै भएको यो समूहको अर्को खेलमा बंगलादेश र अफगानिस्तानले एक एक गोलको बराबरी खेलेका छन् ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा अफगानिस्तानले शुरुवाती अग्रता लिएको थियो । उसका लागि अमिरुद्दिन सारिफीले गोल गर्दै ४८ औं मिनेटमा अग्रता दिलाएका थिए ।
८४ औं मिनेटमा तोपु बर्मनले गोल गर्दै बंगलादेशलाई बरारबीमा ल्याएका हुन् । ६ खेलबाट ५ अंक जोडेको अफगानिस्तान तेस्रो स्थानमा छ भने समान खेलबाट २ अंक जोडेको बंगलादेश पाँचौं स्थानमा रहेको छ ।
अष्ट्रेलियाले कुवेतलाई ३–० ले हरायो
अष्ट्रेलियाले कुवेतमाथि सहज जित हात पारेको छ । एसियाली छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा अष्ट्रेलियाले कुवेतलाई ३–० ले हराएको हो ।
अष्ट्रेलियाको जितमा म्याथ लेकी, ज्याकसन इर्भिनी र एजडिन हास्टिकले गोल गरे ।
अष्ट्रेलियाका लागि खेलको पहिलो मिनेटमै लेकीले गोल गर्दै लाई अग्रता दिलाए । २४औँ मिनेटमा ज्याकसनले पेनाल्टीमा गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर बनाए । ६६औँ मिनेटमा एजडिनले गोल गर्दै अष्ट्रेलियालाई ३–० गोलको जित दिलाए ।
जितसहित ५ खेलबाट १५ अंक जोडेको अष्ट्रेलिया तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको कुवेतको १० अंक छ । समान अंक भएको जोर्डन तेस्रो स्थानमा छ । ६ खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ ।
प्रतिक्रिया