कोरोनाका कारण पूर्वसांसद तामाङ र न्यायाधीश पौडेलको मृत्यु

५ बर्ष अगाडि

पूर्वसांसद तथा नेकपा माओवादी केन्द्रका नेता विएल वाइबा नामले परिचित विष्णु बहादुर तामाङको निधन भएको छ । 

सिरहाको कर्जन्हा नपा ५ निवासी ७८ वर्षीय तामाङको उपचारको क्रममा आज राति निधन भएको हो ।

कारोना सङ्क्रमणबाट मुक्त भइसकेका उनको उपचारको सिलसिलामा सुगर लेभल एक्कासी बढी भएर झापाको दमकमा रहेको आम्दा अस्पतालमा मृत्यु भएको बताइएको छ । 

उनको शव घर ल्याइरहेका बताइएको बडा अध्यक्ष भुषण खातीले जानकारी दिए । घर ल्याएर भोली बिहानमात्रै दाहसंस्कार गर्ने कार्यक्रम बनिरहेको उनले बताए ।

लामा २०४८ सालको आम निर्वाचनमा उनी सिरहा क्षेत्र नंं ५ बाट तत्कालिन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका थिए । उनी कम्यूनिष्ट आदर्श र सोशित पीडित जनताप्रति समर्पित नेताको रुपमा परिचित थिए ।

यस्तै धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणबाट निधन भएको छ ।  उनको उपचारका क्रममा शुक्रबार बिहान काठमाडौंस्थित स्टार अस्पतालमा निधन भएको हो । 

विगत २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत पौडेल ५५ वर्षका थिए ।

पुनरावेदन अदालत बुटवलका न्यायाधीशसमेत रहेका उनका दाजु मेदिनी पौडेलका अनुसार उनलाई २० दिनअगाडि कोरोना संक्रमणपछि उपचारका लगि स्टार अस्पताल लगिएको थियो । उपचारकै क्रममा शुक्रबार बिहान निधन भएको पौडेलले बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया