राप्रपाले बनायो ९ जनालाई सहायक महामन्त्री

७ बर्ष अगाडि

काठमाडौं– राप्रपा अध्यक्ष कमल थापाले पार्टीका ९ जनालाई सहायक महामन्त्री पदमा मनोनयन गरेका छन् । 

भक्तिप्रसाद सिटौला (झापा), केदारनाथ कोइराला (मोरङ्ग), राजाराम बर्तौला (मकवानपुर), बसन्तमान सिंह अधिकारी (संखुवासभा), इन्द्र चित्रकार (काठमाडौ), प्रेम कुमार श्रेष्ठ (प्रवास), राजेश गिरी (झापा), तीर्थराज चटौत (कंचनपुर) र रेणुदेवी साह (सप्तरी) लाई थापाले सहायक महामन्त्रीमा मनोयन गरेका हुन् । 

यस्तै  सहायक कोषाध्यक्षमा विशेश्वर शर्मा सुवेदी (धादिङ्ग) लाई मनोनयन गरिएको सहायक प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

७ बर्ष अगाडि

प्रतिक्रिया