विश्वकप छनोट : चाइनिज ताइपेईविरुद्ध नेपालको दुई गोल, दुवै खेलमा हराउन सफल

४ बर्ष अगाडि

काठमाडौं - फिफा विश्वकप फुटबल छनोट प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई हराएको छ । 

कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २– ० गोलले हराएको हो । नेपालका लागि खेलको चौथो मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गरे ।

अर्को गोल ८१ औं मिनेटमा नवयुग श्रेष्ठले गरे । नवयुग परिवर्तित खेलाडीको रुपमा ६९ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । हिजोको जितसँगै नेपालले विश्वकप छनोटका दुवै खेलमा चाइनिज ताइपेईलाई हराउन सफल भएको छ । यसअघि उसकै घरेलु मैदानमा नेपालले २–० गोलले नै हराएको थियो ।

तालिकामा नेपालको ६ अङ्क भए पनि विश्वकप छनोट खेल्ने सम्भावना लगभग सकिएको छ । तर एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना कायमै छ । 

यस्तै चाइनिज ताइपेई अङ्कविहीन रहेको छ । नेपाल रहेको समूह ुबीु मा अष्ट्रेलिया ४ खेलमा १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । नेपालले आउँदो सोमवार जोर्डनसँग र २८ गते अष्ट्रेलियासँग खेल्दैछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया