कानुन व्यवसायीलाई तत्काल दोस्रो डोजको व्यवस्था गर्न सर्वोच्च अदालतको आदेश

५ बर्ष अगाडि

काठमाडौं– कोरोना भाइरसको पहिलो डोज लगाएका कानुन व्यवसायीलाई तत्काल दोस्रो डोजको व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।  न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जेठ १८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा अन्तरिम आदेश दिएको हो । 

अधिवक्ता उमेश प्रसादले  पहिलो डोज लिएका ७ सय ५० जना कानुन व्यवसायीले दोस्रो डोज लगाउन नपाएको भन्दै सर्वोच्चमा रिट हालेका थिए । सो रिटमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, विनोदकुमार तथा अधिवक्ता विजय मिश्र, सुनिल पोखरेल र ऋषिराम घिमिरे लगायतले भर्चुअल माध्यमबाट बहस गरेका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया