१४ वर्षीय छोरीलाई बलत्कार गरेको आरोपमा बुवा पक्राउ

५ बर्ष अगाडि

काठमाडौं– ललितपुरको एकान्तकुनामा झड्केलो बुवाले छोरीलाई बलात्कार गरेका छन् । १४ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका घर भएका पुरुषले जेठ १८ मा छोरीलाई बलात्कार गरेको उजुरी आएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन् ।  

बलात्कारको आरोप लागेका पुरुष परिवारसँग एकान्तकुनामा बस्दै आएका थिए । पत्नी, छोरा र झड्केलो छोरीसँग बस्दै आएका उनले डेरामा बलात्कार गरेको बताइएको छ । उनी ललितपुरस्थित एक निजी अफिसका जागिरे हुन् । बलात्कृत किशोरीकी आमाले ती पुरुषसँग दोस्रो विवाह गरेका हुन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया