काठमाडौं, शारीरिक रुपमा अशक्त एक नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ६७ वर्षीय एक वृद्धालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) का अनुसार मंगलबार एक नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इटहरी ३ सुनौलो बस्तीका ६७ वर्षीय गाईने भन्ने भागिराज दमाई प्रहरीले पक्राउ गरेको हो । ‘प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दमाईले ९ वर्षीया शारीरिक तथा मानसिक रुपमा अशक्त हिड्न र बोल्ने नसक्ने नाबालिकालाई जबरजस्ती करणी गरेको खुलेको छ ।
पक्राउ परेका वृद्धामाथि सुनसरी जिल्ला अदालत सुनसरीबाट जबरजस्ती करणी मुद्दा अन्तरगत म्याद थप गरी प्रहरीले अनुसन्धान बढाएको केसीले जानकारी दिए ।
प्रतिक्रिया