एमाले संस्थापन पक्षको स्थायी समिति बैठक स्थगित

४ बर्ष अगाडि

नेकपा एमाले संस्थापन पक्षको स्थायी समिति बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । बिहीबार बेलुका चार बजेलाई बोलाएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । यसअघि बुधबारको बैठक बिहीबारलाई सारिएको थियो ।

एमालेमा चर्केको अन्तरसंघर्ष र नेताहरुको कारवाहीबारे सम्वाद चलिरहेकाले बैठक स्थगित भएको अध्यक्ष ओली निकटका एक नेताले जानकारी दिए । आजै एमाले माधव नेपाल समुहको केन्द्रीय समितिको भर्चुअल बैठक बसिरहेको छ । बैठकमा नेताहरु गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र योगेश भट्टराई पनि सहभागी छन् ।


उनीहरु चारै जनाले ओली पक्षका नेताहरुसँग अनौपचारिक छलफल गरिरहेका छन् । जुन विषयको माधव समुहमा आलोचना भइरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया