काठमाडौं - १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मधुवन नगरपालिका–९ बेलटाँडी गाउँ बस्ने ५७ वर्षीय कर्णबहादुर कामी रहेका छन् ।
कामीले ती बालिकालाई उनकै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त सूचना प्राप्त हुनासाथ प्रहरी चौकी ताराताल र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया