लिङ्देनले बाबुरामलाई सोधे : 'प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन किन नगरेको ?'

४ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले बाबुराम भट्टराईलाई प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन नगर्नुको कारण सोधेका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमार्फत दरबार हत्याकाण्डको किन छानबिन  नगरेको भन्दै प्रश्न गरेका हुन् । दरबार हत्याकाण्डको छानबिन गर्नु पर्ने बाबुरामको ट्वीटलाई जवाफ फर्काउँदै नेता लिङ्देनले उनीमाथि प्रश्न उठाएका छन् ।  

उनले भनेका छन्, 'दरबार हत्याकाण्ड लगत्तै हत्यारा ज्ञानेन्द्र हुन् भनेर लेख्नुभएको होइनरु कत्रो भ्रम बाँड्नु भएछरु २० वर्षपछि छानबिन आयोगको कुरा उठाउनु भएछ,तपाईं पनि भ्रममै हुनुहुँदोरहेछ।'

४ बर्ष अगाडि

प्रतिक्रिया