काठमाडौंमा दुई महिना मेलम्चीको पानी नआउने

५ बर्ष अगाडि

काठमाडौंमा मेलम्चीको  पानी दुई महिना नआउने भएको छ । आगामी असार १ देखि  पानी काठमाडौंमा  लम्चीको  पानी  नआउने भएको हो ।

सुरुङमार्गको परीक्षण कार्यविधि  पुरा गर्न सुरुङमा असारदेखि  पनि पठाउन बन्द गर्न लागिएको हो ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार असार १ देखि पानी भर्न बन्द गरेपनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्छ । त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर अवस्थाको अध्ययन गर्नेछन् । समस्या देखिएको भए त्यसको समान पनि गर्नेछन् ।

‘सुरुङमा कुनै समस्या नदेखिएमा १५ दिनमा भित्रको सुपरीवेक्षणको काम सकिन्छ,’ प्रवक्ता पन्तले भने,’त्यसपछि सुरुङमा पानी भर्न १५ दिन लाग्छ, समस्या देखिएमा भने भित्र सुधारको काम गर्न थप समय पनि लाग्न सक्छ ।’

५ बर्ष अगाडि

प्रतिक्रिया