योगेश र घनश्यामलाई नयाँ दलमा नजान आग्रह

४ बर्ष अगाडि

काठमाडौँ - एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको संवादको विषय र नयाँ दल गठनको विषयमा भइरहेको प्रगतिबारे छलफल गर्न आज नेपाल पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । उक्त बैठकमा सबै विषयहरूमा छलफल हुने जनाइएको छ । 

तर, ओली समूहले यो बैठक अनधिकृत भएको जनाउँदै त्यस्तो बैठकमा सहभागी नहुन निर्दैशनात्मक विज्ञप्ति जारी गरेको छ । बैठक बस्नुअघि नेपाल समूहका नेताहरू घनश्याम भुसाल र योगेश भट्टराईले वामदेव गौतमसँग भेटघाट गरेर अहिलेको परिस्थितिबारे छलफल गरेका छन् । 

स्रोतका अनुसार भुसाल र भट्टराईले नयाँ दल खोल्दा त्यसको जनसङ्गठन र पार्टी निर्माण सम्भावना निकै कम हुने र एमालेलाई क्षति मात्रै हुने भएकाले पार्टीभित्रै आन्तरिक सङ्घर्षमा रहनुपर्ने विफ्रिङ गरेका थिए ।

उनले ओलीले पुरानै संरचनाको पार्टी फर्काउन तयार भए नयाँ दलमा जानुको अर्थ छैन भन्दै भुसाल र भट्टराईलाई नयाँ दलमा जाँदा पहिलेको मालेको जस्तै अवस्था हुने धारणा राखेको स्रोतको दाबी छ । 

ओलीले दोस्रो पुस्ताका नेताहरूलाई पार्टीलाई पुरानै संरचना फर्काउने सन्देश प्रवाह गरिरहेका थिए । तर नेता नेपालले त्यसलाई अलमल्याउन फालिएको एजेन्डाको रूपमा व्याख्या गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया