सुन जस्तो देखिने पहेँलो धातु सहित पक्राउ

७ बर्ष अगाडि

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको पार्किङ एरियाबाट नुवाकोट दुईपिपल–३ बस्ने २४ वर्षीय पर्शुराम भण्डारीलाई सुन जस्तो देखिने पहेँलो धातु करिब १ सय ४९ ग्राम संकलन गरिरहेको अवस्थामा बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । 

भण्डारीलाई ३ थानमा रहेको उक्त धातु सहित आवश्यक अनुसन्धानको लागि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया