गृह मन्त्रालयद्धारा भन्सार नाकाबाट छुटेका मालवाहक सवारीसाधनलाई आवतजावतको व्यवस्था मिलाउन निर्देशन

५ बर्ष अगाडि

काठमाडौं - गृह मन्त्रालयले भन्सार नाकाबाट छुटेका मालवाहक सवारीसाधनलाई निर्वाध रुपमा आवतजावतको व्यवस्था मिलाउन विभिन्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ।
 
बुधबार सीमा क्षेत्रका जिल्ला तथा काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर गरी गृहले उद्योगहरुको कच्चा पदार्थ बोकेका तथा सहायक पदार्थ बोकेका कन्टेनर अवरोध नहुनेगरी सहजीकरण गरिदिन निर्देशन दिएको हो ।
 
मन्त्रालयले भन्सार नाकाहरूबाट उद्योगको कच्चा पदार्थ र सहायक कच्चा पदार्थ बोकेर भित्रिएका ट्रक र कन्टेनरलाई गन्तव्यसम्म जान दिन जिल्ला प्रशासनलाई निर्देशन दिएको छ । 


 
 

५ बर्ष अगाडि

प्रतिक्रिया