खनाल र नेपाल पक्षले सहभागी नहुनु– नेकपा एमाले

४ बर्ष अगाडि

काठमाडौं– नेकपा एमालेले नेता झलनाथ खनाल र माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई भनेको छ । विहीबार विहान एमाले सचिव शेरबहादुर तामाङले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको विधान विपरितको क्रियाकलापमा सहभागी नहुन सूचित गराएका हुन् ।

 खनाल( नेपाल पक्षीय केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे भर्चुअल बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको र आज बिहान ११ बजे बैठक सुरू हुने नेता निरज आचार्यले बताए। पार्टीले कारवाही गरेका खनाल नेपालले  एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्दै उनले निन्दा एवम् भत्र्सना गरे ।

​अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा (एमाले) को वैधानिक व्यवस्था विपरित पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ त्यस्तो कृयाकलापको निन्दा एवम् भत्र्सना गर्दछु,ु विज्ञप्तिमा भनिएको छ ।

काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका खनाल, नेपालसहित ११ जनालाई पार्टीबाट निष्कासित गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया