सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका स्वीस नागरिकको शव काठमाडौं ल्याइयो

५ बर्ष अगाडि

काठमाडौं– सगरमाथा आरोहण गरी फर्किने क्रममा ज्यान गुमाएका स्वीस नागरिकको शव काठमाडौं ल्याइएको छ । स्वीस नागरिक अब्दुल वारिचोको शव काठमाडौं ल्याइएको हो । उनको शव सगरमाथाको क्याम्प २ सम्म ल्याएर त्यसपश्चात  लुक्लासम्म ल्याइएको थियो । लुक्लाबाट हेलिकप्टरमा काठमाडौं ल्याइएको हो ।

सगरमाथा आरोहण गरी फर्किने क्रममा ८ हजार मिटर माथि क्याम्पमा वारिचोको ज्यान गएको थियो । आरोहण गरेर फर्किने क्रममा उनीसँगै १० जना शेर्पाहरु रहेका थिए । पोस्टमार्टममार्फत उनको शव दूतावासमार्फत परिवारलाई हस्तान्तरण गरिने जनाइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया