बिरामीलाई २० लाख क्षतिपूर्ति दिन निजामति अस्पताललाई निर्देशन

७ बर्ष अगाडि

काठमाडौं– लडेर घाइते भएका बिरामीको उपचारमा चिकित्सकले लापरबाही गर्दा मष्तिस्कघात भएको भन्दै बिरामीलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजामति अस्पताललाई निर्देशन दिएको छ । 
जिल्ला क्षतिपूर्ति समिति र उच्च अदालत पाटनको फैसलाअनुसार क्षतिपूर्ति दिन सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बुधबार अस्पताललाई पत्राचार गरेका हुन् । 
गलत औषधि प्रयोगका कारण बिरामी उद्दवसिंह ऐरको मस्तिष्कघात भएको भन्दै उनकी श्रीमती दीपादेवीले जिल्ला क्षतिपूर्ति समितिमा निवेदन दिएकी थिइन् । नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छापिएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया