नक्कली नोटसहित भुटानी शरणार्थी पक्राउ

५ बर्ष अगाडि

झापा– नक्कली नोट र लागुऔषध सहित पक्राउ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक १ को एक होटलको कोठाबाट एक जना भुटानी शरणार्थीलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा दमक ३ बेलडाँगी २ सेक्टर सी २ का ३२ वर्षीय पूर्णबहादुर बानियाँ रहेका छन् । उनको साथबाट एउटै नम्वर भएका एक हजार दरका ८ थान नोट बरामद भएको छ ।

यस्तै ४७.५३० ग्राम ब्राउन सुगरसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया