आमाको नामबाट नागरिकता सहज बनाउन सांसदको सुझाव

७ बर्ष अगाडि

काठमाडौँ – सांसदहरूले आमाको नामबाट सन्तानले नागरिकता पाउने व्यवस्थालाई सहज बनाउन सुझाएका छन् । 

संघीय संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा उनीहरूले बाबु वा आमाको नामबाट नागरिकता लिने विषयलाई समान व्यवहार गर्न माग गरेका हुन् ।

नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याइएको विधेयकमा आमाको नामबाट नागरिकता लिन खोज्दा पनि बाबुको खोजी गरिएको र बाबुको पहिचान हुन नसके त्यसको पुस्ट्याइँ गर्नुपर्ने प्रावधानप्रति सांसदहरूको आपत्ति छ । कात्पिुर दैनिकमा खबर छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया