आजको अर्थ डटकमका प्रधान सम्पादक पाण्डेलाई पितृशोक

५ बर्ष अगाडि

काठमाडौं - यस आजको अर्थ डटकमका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व उपाध्यक्ष साथै क्रियाशील पत्रकार  भरत पाण्डेलाई पितृशोक परेकोछ । 

वि. सं. २०१६ साल असार २ गते पिता हरि सिंह पाण्डे र माता इन्द्रकला पाण्डेको कोखबाट जन्म लिएका रिख बहादुर पाण्डेको गत  जेठ १७ गते गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वाडा न. - ६ मा निधन भएको हो । 

पाण्डेका जम्मा तीन छोरा भरत, चन्द्र र पदम पाण्डे रहेका छन् । भरत उनका जेठा छोरा हुन् । दुःखको यस घडीमा प्रधान सम्पादक भरतका पिता प्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्रदान होस भनी सम्पूर्ण आजको अर्थ डटकम परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया