महामारीका कारण पोहोरको जसरी नै एसईईको परीक्षाफल सार्वजनिक गर्ने सरकारले बताएपछि शिक्षाविद्हरूले अब स्थायी रूपमा नै कक्षा १० को परीक्षा विद्यालयलाई गर्न दिनुपर्ने माग गरेका छन्।
उनीहरूले माध्यमिक तहको अन्तिम परीक्षा मात्रै राष्ट्रिय परीक्षा बोर्डबाट लिने र कक्षा १० को परीक्षा सम्बन्धित विद्यालयले आफ्नै ढङ्गले लिने व्यवस्था मिलाइनुपर्ने तर्क गरेका छन्।तर शिक्षा मन्त्रालयका अधिकारीहरूले चाहिँ त्यसका लागि कानुनी अड्चन रहेको बताएका छन्।
शिक्षाविद् मनप्रसाद वाग्लेले परीक्षा बोर्डमार्फत १० को परीक्षा लिने विधिले काम नगर्ने बताए। उनले भने, “एसईई भनेको दश कक्षाको परीक्षा हो। हाम्रो माध्यमिक तह भनेको १२ कक्षा सम्मको हो। त्यही भएर केन्द्रबाट दश कक्षामा परीक्षा लिइराख्नु जरुरी छैन। त्यो विद्यालयलाई नै छाडिदिनुपर्छ।”
उनले थपे, “कैयौँ विद्यालयमा औसतमा ३० देखि ४० जना परीक्षा दिने हुन्छन्। दूरी कायम राखेर विद्यालयमै परीक्षा गराउँछौ अथवा उत्तरपत्र पठाऊ अनि परीक्षण गर्छौँ वा टेलिफोनबाट प्रश्न सोधेर मूल्याङ्कन गर्छन् त्यो उनीहरूको कुरा हो।ू
'यति विकल्प हुँदाहुँदै केन्द्रबाटै एसईई गर्ने भन्ने अडान जुन हामीले लिइरहेका छौँ त्यो गलत हो।”विद्यालय शिक्षाका ज्ञाता धनञ्जय शर्माका अनुसार विद्यालय र त्यहाँका शिक्षकहरूलाई सरकारले विश्वास गर्नु जरुरी छ।
उनले भने, “अरू सबै कक्षाका परीक्षा लिन शिक्षकहरूलाई पत्याउने तर १० कक्षामा बोर्डले नै परीक्षा लिनुपर्छ भन्ने धारणा सही होइन।ू
'कोरोनाभाइरसको परिस्थितिका कारण गएको वर्ष र यो वर्ष बोर्डले परीक्षा लिन सक्ने अवस्था रहे। एसईईको मूल्याङ्कनलाई प्रभावकारी र विश्वसनीय बनाउने कुरा अब शिक्षकमा भर पर्छ।”
कोरोनाभाइरसको महामारीको दोस्रो लहरका कारण लकडाउन गर्नुपर्ने अवस्था आएपछि जेठ १३ गते सुरु हुने एसईई र जेठ २६ गतेबाट सञ्चालन गर्ने भनिएको कक्षा १२ को परीक्षा रद्द गरिएको छ। बिबिसी
प्रतिक्रिया