मापसे चेकिङ समय बदलियो

७ बर्ष अगाडि

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले चिसो मौसमको शुभारम्भसँगै मदिरा सेवन गरी सवारी चलाउने विरुद्धको (मापसे) कारबाही प्रत्येक दिन साँझ ७ बजेबाट सुरु गर्ने भएको छ । 

कतिपय चालकले साँझ पर्ने वित्तिकै मदिरा सेवन गरी सवारी चलाउने गरेको सूचना पाएपछि ट्राफिक प्रहरी महाशाखाले उक्त समयलाई निर्धारण गरेको हो । 
महाशाखाका प्रमुख बसन्तराज पन्तले ९ वजे तिरको सट्टा ७ बजेको समय उपयुक्त भएको बताए । 
राति ढिलो गरी मापसे चेकिङ सञ्चालन गर्दा कारबाही प्रभावकारी हुन नसकेको टिकाटिप्पणी समेत हुन थालेको थियो । धेरैजसो चालक मदिरा सेवन गरे पनि ट्राफिक प्रहरीले चेकिङ राख्नु अगाडि नै निवास पुग्ने भएकाले कारवाही प्रभावकारी हुन नसकेको हो । गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया