गैरकानुनीरुपमा मदिरा बेच्ने तीन नेपाली कुवेतमा पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - कुवेतमा गैरकानुनीरुपमा मदिरा व्यापार गरेको आरोपमा तीन नेपाली कामदारहरु पक्राउ परेका छन् । 

कुवेतको साल्मी बन्दरगाह नजिकै एउटा अपार्टमेन्टमा अवैधरुपमा गोप्य तरिकाले घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा कुवेत प्रहरीले उनीहरुलाई पक्राउ गरेकोे हो ।

ठूलो परिमाणमा मदिरा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला रहेको कुवेती पत्रिका अल–अनबाले उल्लेख गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया