काठमाडौं उपत्यकामा थप जेठ मसान्तसम्म निषेधाज्ञा जारी थप्ने तयारी भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच मंगलबार भएको छलफलमा जारी निषेधाज्ञालाई केही खुकुलो बनाएर १० दिन थप्ने निष्कर्ष निकालिएको हो ।
तीन जिल्लाका सीडिओबीच छलफल भएपनि निषेधाज्ञा थप्ने आदेश भने भोलिमात्रै जारी हुने बताए ।
भट्टराईका अनुसार जेठ २१ गतेदेखि थपिने निषेधाज्ञा अवधिमा विद्यमान व्यवस्थालाई केही खुकुलो बनाइनेछ । प्रशासनले खाद्यान्न तथा तरकारीका पसल बिहान खोल्न दिने र सुरक्षाका मापदण्ड पालना गरी कार्यस्थलमा नै कामदारहरूलाई राखेर विकास निर्माणको काम पनि सुचारु गरिने उनको भनाई छ ।
प्रतिक्रिया